logo
  • शनिबार, असोज १७ २०८३

जनकपुर बिग मार्टमा आगलागी हुँदा करोडौँको क्षति


  • पब्लिक सूचना
  • आइतबार, असोज २१ २०८०

धनुषा,  असोज २१ गते । यहाँस्थित जनकपुर बिग एक मार्टमा गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित सो मार्टमा अकस्मात् लागेको आगो आज बिहानमात्र नियन्त्रणमा आएको छ ।

जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र,नेपाल  प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो  ।

आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिनुभयो । उहाँले आगलागीबाट रु १० करोडभन्दा बढीको क्षति पुगेको बताउनुभयो ।

सञ्चालक रायले भन्नुभयो “हामीहरु मार्टको दोस्रो तलामा बसिरहेको थियाँै । मार्टभित्र आगो लागेको थाहा भएपछि परिवारसहित भागेर ज्यान बचाउन सफल भयौँ  ।” रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend