logo
  • शनिबार, असोज १७ २०८३

फिल्ममा डेब्यु गर्दै ‘सकम्बरी’ अर्थात कुसुम


  • दिपेश घिमिरे
  • बुधबार, असार ६ २०८०

काठमाडौँ । गायक प्रकाश सपुतको ‘सकम्बरी’ गीतको म्युजिक भिडियो अभिनयपछि रातारात चर्चाको केन्द्र बनेकी मोडल कुसुम शर्मा फिल्म डेब्यू गर्ने भएकी छिन् । दिनेश श्रेष्ठको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘सञ्जिवनी’ मा उनको अभिनय रहने भएको हो ।

फिल्ममा उनी अभिनेता आर्यन सिग्देलको जोडी बन्न लागेकी हुन् । निर्देशक श्रेष्ठले फिल्मको पोष्टर शर्मा र सिग्देललाई राखेर सार्वजनिक गरेका छन् । फिल्ममा आर्यन र कुसुमको अलावा श्रद्धा क्षेत्री, अर्जुन श्रेष्ठ, अन्सुया श्रेष्ठ लगायतको मुख्य भूमिका रहनेछ । प्रेमकथामा निर्माण हुन लागेको फिल्मको छायांकन भदौबाट सुरु हुनेछ ।

श्रेष्ठले यस अगाडि  ‘शकुन्तला, चि मुसी चि’ लगायतका फिल्म निर्देशन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend