logo
  • शनिबार, असोज १७ २०८३

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाको १ लाख ७ हजार ५ सय पुग्यो


  • पब्लिक सूचना
  • सोमबार, फाल्गुन ८ २०७९

सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । बिहीबार तोलामा १२ सय रुपैयाँ बढ्दै छापावाला सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १२ सय रुपैयाँले नै बढ्दै १ लाख ७ हजार रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा २५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend