logo
  • शनिबार, असोज १७ २०८३

जिल्ला प्रशासन कार्यालय रौतहटमा हिजो देखि विद्युतीय राहदानीको काम सुरु


  • पब्लिक सूचना
  • बुधबार, असार ६ २०८०

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटमा विद्युतीय राहदानीको काम सुरु भएको छ। सेवाग्राहीको सुविधाका लागि जिल्ला प्रशासन कार्यालयमा विद्युतीय राहदानी सेवाको काम बिहान  ७  बजे देखि सुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले प्रचण्ड गर्मी र सेवा ग्राहीको चापलाई ध्यान दिँदै हिजो  बिहानैदेखि सेवा दिन सुरु गरिएको बताए । प्रत्येक आइतबारदेखि बिहीबारसम्म बिहान ७ बजे देखि साँझ ५  बजेसम्म र शुक्रबार बिहान ७  बजे देखि दिउँसो ३  बजेसम्म विद्युतीय राहदानी सेवाको काम हुने सिडिओ मिश्रले जानकारी दिए  ।

जिल्ला प्रशासन कार्यालय रौतहटमा आजदेखि विद्युतीय राहदानीको काम सुरु | News  from Nepal - Ratopati

विद्युतीय राहदानीको फर्म भराउने तथा बायोमेट्रिक सेवा जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशन गरी निःशुल्क रहेको जानकारी दिइसकेको छ । सेवाग्राहीको सुविधाका लागि सो कार्यालयले परिसर भित्र सन्देश प्रसारण गर्न  लागि साउन्ड सिस्टम जडान गरेका छ । गर्मीमा सेवा ग्राहीलाई राहत होस भनी बढी चहल पहल  हुने  प्रतीक्षालय सहितका ठाउँ ठाउँमा पङ्खा जडानसमेत भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend