पब्लिक सूचना
नेपाल राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ती मगरलाई एफसी चितवनले आइकोनीक खेलाडीको रूपमा भित्र्याएको छ।
विमलले सामाजिक सञ्जालमार्फत चितवनसँग सम्झौता भएको जानकारी दिएका हुन्। चितवन एफसीका मालिक सचिन ढकालले विमललाई आइकोनिक खेलाडीका रुपमा भित्राउने पक्का भएको बताए । उनले विमलसँग अस्ट्रेलियाको भिसा रहेकोले उनलाई आइकोनिक खेलाडीको रुपमा अनुबन्ध गर्न मिल्ने बताए ।
असोज १२ गते का दिन मात्र विमल अष्ट्रेलियाका लागि प्रस्थान गरेका थिए। त्यसको ३ दिन पछि नै उनलाई आइकोनिक खेलाडीको रूपमा चितवनले अनुबन्ध गरेको छ।

एनएसएलको नियम अनुसार नेपाल बाहेक कुनै पनि बाहिरी लिगमा खेलिरहेको नेपाली खेलाडी लागि आइकोनिक खेलाडीको रूपमा भित्र्याउन पाइने उल्लेख छ।
केही दिन अघि हाम्रोखेलकुद संगको कुराकानीमा एनएसएलका निर्देशक श्रेयान्स कार्कीले नेपाल बाहिर खेलिरहेका रोहित चन्द, किरण चेम्जोङ र मनिष डाँगीलाई आईकोनिक खेलाडीको दर्जा दिएका बताएका थिए । पछिल्लो पटक विमलको पनि आकोनिक खेलाडीको सुचिमा थपिएको छ ।
तर एनएसएलको आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले विमल आइकोनिक खेलाडीको सुचीमा रहेको जानकारी दिएको छैन । आयोजकले विमल आइकोनिकको सुचिमा रहेको जानकारी सहभागी क्लबहरू पठाएको बुझिएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend