पब्लिक सूचना
भारतको बैंग्लोमा आजदेखि १४ औं संस्करणको साफ च्याम्यिनसिप प्रतियोगिता सुुरुहुँदै छ । बैंग्लोरका श्री कान्तिराव स्टेडियममा हुन लागेको प्रतियोगितामा आज नेपालले पहिलो पटक सहभागिता जनाएको कुवेतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्न लागेको छ । यस पटक साफ च्याम्पियनसिपमा दक्षिण एसियाली राष्ट्र बाहेक कुवेत र लेबनान सहभागी हुँदैछन् ।
नेपाल साविक उपविजेता हो । गत संस्करणमा नेपाल भारतसँग फाइनलमा पराजित भएको थियो । नेपाल र कुवेतबीचको उद्घाटन खेल दिउँसो पौने ४ बजे सुरुहुने छ । नेपाल र कुवेत ९ पटक आमने सामने हुँदा नेपाल ८ पटक पराजित भएको छ भने १ खेलमा मात्रै बराबरी खेलेको छ ।

नेपाली टिममा २३ मध्य १४ खेलाडी नयाँ छन् भने प्रशिक्षक अल्बर्टो एनेसको पनि साफ च्याम्पियसिप वास्तविक परीक्षा हुने छ । साफ च्याम्पियसिप अन्तर्गत आजै भारत र पाकिस्तान पनि आमने सामने हुने छन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend