
रौतहटको चन्द्रपुर नगरपालिकाले लामखुट्टे मार्नका लागि म्याद गुज्रिएका औषधि छर्किंदा लामखुट्टे नमरेको स्थानिय बताउँछन् । औषधि छर्किएको क्षेत्रमा खरानी छर्किए झै भएको स्थानियले बताएका छन् । छरिएको औषधिको उत्पादन मिति २०१९ मे लेखिएको छ भने २ वर्षसम्म म्याद रहने जनाएको छ । सो औषधिको म्याद गुज्रिएको ३ वर्षपछि औषधि छर्किएको पाइएको हो ।

चन्द्रपुर नगरपालिका वाड नं. ६ को मोथियाही गाउँबाट औषधी छिट्ने कार्य नगर प्रमुख संजय कुमार काफ्ले आफैले सुरु गरेका थिए । उनले औषधी एक महिना अगाडी आएको भएतापनि वर्षा तथा विभिन्न प्राविधिक कारणले औषधी छिट्नको लागी समस्या भएर ढिलो भएको बताएका थिए तर अहिले घर दैलोमा छर्किएको औषधि म्याद नाघेको भेटिएको हो ।