logo
  • आइतबार, असोज १८ २०८३

घरेलु हिंसाको विषयवस्तुमा आधारित टेलिशृंखला ‘सीता’को प्रसारण सुरु


  • पब्लिक सूचना
  • बिहिबार, असोज ११ २०८०

काठमाडौ । घरेलु हिंसाको विषयवस्तु उठाएको पारिवारिक टेलिशृंखला ‘सीता’को प्रसारण सुरु भएको छ । सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रिमियम टेलिभिजनमा हरेक मंगलबार बेलुका ८ बजे प्रसारण हुन्छ । यो शृंखला आरटी इन्टरटेनमेन्ट युट्युब च्यानलबाट पनि स्ट्रिमिङ हुन्छ ।

गरिबीको पीडा, महिलामाथिको विभेद, शिक्षाबाट वञ्चित चेलीबेटीको अवस्था र अन्य सामाजिक समस्यालाई सिरियलमा प्रस्तुत गरिएको छ ।

यो शृंखला शीर्ष पात्र सीताको भूमिकामा सुनिशा बजगाईंले अभिनय गरेकी छन् । सिरियलमा बालकृष्ण ओली, राजु भुजु, सविता गुरुङ, तारा केसी, आरके मानन्धर, बासु खनाल, उत्तम आचार्य लगायतको पनि मुख्य भूमिका छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend