logo
  • आइतबार, असोज १८ २०८३

सेन्सर पास भयो ‘परदेशी २’


  • पब्लिक सूचना
  • मंगलबार, असोज ९ २०८०

नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ सेन्सर पास भएको छ।

केन्द्रिय चलचित्र जाँच समितिले फिल्मलाई प्रदर्शन गर्न स्वीकृति प्रदान गरेको हो। फिल्मले पिजि सर्टिफिकेट पाएको छ।

फिल्मको टिमबाट निर्माता राजेश वंशल र अभिनेत्री वर्षा सिवाकोटी सेन्सरमा सहभागी थिए। निर्माता वंशलका अनुसार सेन्सर बोर्डले फिल्ममा समावेश कुनै पनि दृश्य र संवादमा कैची चलाएको छैन।

यतिबेला निर्देशक रायमाझी, अभिनेता प्रकाश सपूत र केकी अधिकारी फिल्मको प्रचारप्रसारमा व्यस्त छन्। मंगलबार र बुधबार बुटवलमा रहने टिम पोखरा हुँदै केही दिनमा काठमाडौं फर्किनेछ।

फिल्ममा प्रकाश, केकी र वर्षासँगै प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सविन बास्तोला, रोशनी कार्कीलगायत कलाकारको अभिनय छ। गायक प्रकाश सपूतको यो डेब्यू फिल्म हो।

युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित फिल्मको कथा रमेश बिजीले लेखेका हुन्।

यो फिल्म दशैंको अवसर पारेर असोज २६ गतेदेखि प्रदर्शन हुँदैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend