logo
  • शनिबार, असोज १७ २०८३

रारा घुम्न गएका डाक्टरहरु ताल्चा विमानस्थलमा रोकिए, के हो वास्तविकता ?


  • पब्लिक सूचना
  • मंगलबार, असोज ९ २०८०

सुर्खेत । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्ज मातृका यादवसहितका नेताहरुका कारण मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज जान लागेका डाक्टरहरु त्यहीँ रोकिएको भन्दै यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

भीआइपीका लागि सिट जरुरी परेको र समिट एयरका म्यानेजरले नै आफूहरुलाई नलैजान भनेको डाक्टरहरुले बताइरहेका छन् ।

चिकित्सकको टोलीमा सहभागी डाक्टर गौरव ढकालका अनुसार डाक्टरको टोली जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्डसम्बन्धी गोष्ठी र अन्तर्क्रियाका लागि गत शुक्रबार जुम्ला पुगेको थियो ।

उक्त टोलीमा डाक्टर विमला पाण्डे, व्यापक पौडेल, सुरज बज्राचार्य, सन्दीप यादव, ज्ञानेन्द्र जोशी, विमला बानियाँ लगायत १६ जना थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend