पब्लिक सूचना
इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल विजयी हुँदा अर्को खेलमा चेल्सी भने पराजित भएको छ । लिभरपुलले वेस्ट ह्यामलाई ३-१ ले पराजित गर्दै चेल्सीले भने एस्टन भिल्लासँग १-० को साँघुरो हार बेहोर्यो ।
लिभरपुलका लागि मोहम्मद सालाह, डार्विन नुनेज र डिएगो जोटाले समान एक-एक गोल गरेका थिए । वेस्ट ह्यामका लागि जरोड बोवेनले एक सान्त्वना गोल गरेका हुन् ।
जित पछि लिभरपुल छ खेलमा १६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ भने पराजित वेस्ट ह्याम १० अंक सहित सातौं स्थानमा छ । उता घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा १० जनामा सिमित चेल्सी भने पराजित भएको हो ।
भिल्लाका लागि ओली वाटकिन्सले ७३औं मिनेटमा खेलको एकमात्र गोल गरेका थिए । ५८औं मिनेटमा डिफेन्डर माली गुस्टो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सीले दोस्रो हाफको अधिकांस समय १० खेलाडीमा सीमित भएर खेल्नु परेको थियो ।
पराजित चेल्सीले यस सिजन छ खेलमा मात्र एक जितका साथ १४ औं स्थानमा रहेको छ भने भिल्ला समान छ खेलमा १२ अंक सहित छैटौं स्थानमा छ ।
गएराति नै न्युक्यासलले शेफिल्ड युनाइटेड माथि ८-० जित दर्ता गरेको थियो । आर्सनल र टोटेनहमको खेल पनि २-२ गोलको बराबरीमा टुंगियो । टोटेनहमका कप्तान ह्युङ मिन सनले २ गोल गर्दा आर्सनलका बुकायो साकाले १ तथा अर्को गोल आत्मघाती भएको थियो ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend