logo
  • शनिबार, असोज १७ २०८३

माल्दिभ्समाथि सानदार जितसँगै नेपाल सेमिफाइनलमा


  • पब्लिक सूचना
  • सोमबार, असोज ८ २०८०

घरेलु टोली नेपालले साफ यू-१९ च्याम्पियनसिपमा माल्दिभ्समाथि सानदार जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ । समूह ए को अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ४-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

समूह ए बाट पाकिस्तान समूह विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । नेपालको जितमा समिर तामाङले दुई, प्रशान्त लक्सम र निराजन धामीले एक एक गोल गरे ।

May be an image of 1 person, playing football, playing soccer and text that says 'ANFA'

नेपालले १७ औं मिनेटमा पहिलो गोल गरेको थियो । यस प्रतियोगितामा पहिलो पटक सुरुवात-११ मा स्थान बनाएका प्रशान्त लक्समले पहिलो गोल गरेका थिए । दोस्रो गोल समीर तामाङले गर्दै अग्रता बढाएका थिए ।

नेपालले १७ औं मिनेटमा खेलमा अग्रता लिएको थियो। लक्समले बक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो। ३० औं मिनेटमा नेपालको अग्रता दोब्बर भयो। निराजन धामीको थ्रु-पासमा समीर तामाङले गोल गरेका थिए ।

३४ औं मिनेटमा दुवै टोलीका खेलाडीले रातो कार्ड खाएपछि १०-१० जनामा सीमित हुन पुग्यो । माल्दिभ्सका कप्तान मोहम्मद हसन र नेपालका सुजन डंगोल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दुवै टोली १० जनामा खेल्नु परेको थियो ।

May be an image of 6 people, people playing soccer, people playing football and text that says 'BIL BANI ANFA'

दोस्रो गोलपछि नेपालका सुजनले माल्दिभ्सका कप्तान हसनलाई अफ बलमा धकलेका थिए । त्यसपछि हसन उठेर जंगिएपछि दुबै खेलाडीले रातो कार्ड खाएका थिए ।

दोस्रो हाफको पहिलो मिनेटमा नै नेपालले अग्रता बढाउने मौका प्राप्त गर्यो । लक्समको पासमा समिर तामाङले वान भर्सेस वान अवसर खेरा फालेका थिए ।

५८औं मिनेटमा माल्दिभ्सले एक गोल फर्कायो । अहमद नजिरको क्रसमा आदम रशिदले गोल गर्दै माल्दिभ्सले नेपालको अग्रता एक गोलमा घटाएको थियो ।

७९औं मिनेटमा माल्दिभ्सले खेल बराबरी गर्ने सुनौलो अवसर खेरा फाल्यो। शहान रशिदको पासमा मोहम्मद फाजिनले पनि वान भर्सेस वान अवसरमा गोल गर्न सकेनन् ।

नेपालको लागि तेस्रो गोल ८८ औं मिनेटमा निराजन धामीले गरेका थिए । प्रशान्तको कटिइनमा निराजनले ६ ट्यापिङ गर्दै जित पक्का गरे । अतिरिक्त समयको चौथो मिनेटमा समिरले गोल गर्दै नेपाललाई सानदार जित दिलाए ।

May be an image of 5 people, people playing football, people playing soccer and text

नेपालले सेमिफाइनलमा समूह बी को विजेतासँग खेल्नेछ । भारत र भुटान बीच समूह विजेता बन्न ५ : ३० मा खेल हुँदैछ । समूह ए मा पाकिस्तान ४ अंकका साथ शीर्ष स्थानमा रह्यो । नेपाल ३ अंकका साथ दोस्रो स्थानमा रह्यो । माल्दिभ्स १ अंकका साथ पुछारमा रहेर बाहिरियो ।

May be an image of 4 people, people playing football, people playing soccer and text that says 'O.NP FIFA ANFA'

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend