logo
  • शनिबार, असोज १७ २०८३

पर्यटन बोर्डले ल्यायो २ अर्ब १ करोड २३ लाखको बजेट, अनुसन्धान र प्रवर्द्धनलाई प्राथमिकता


  • पब्लिक सूचना
  • सोमबार, असोज ८ २०८०

नेपाल पर्यटन बोर्डले २ अर्ब एक करोड २३ लाख रूपैयाँको बजेट ल्याएको छ।

बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ का लागि यो बजेट ल्याएको हो।

बोर्डको सञ्चालक समितिको बैठकले शनिबार उक्त बजेट स्वीकृत गरेको हो। दुई महिनाअघि नै बजेट पेस गरे पनि विभिन्न कारण स्वीकृत हुन सकेको थिएन।

बोर्डका उपाध्यक्ष चन्द्र रिजालले चालु आर्थिक वर्षको बजेटमा पर्यटन प्रवर्द्धन, अनुसन्धान, ट्रेकिङ गन्तव्य लगायतका विषयलाई समेटिएको बताए।

उनकाअनुसार बोर्डले यसपाली सातवटै प्रदेशमा एक प्रदेश एक ‘हिल स्टेशन’को सुरूवात गर्नेछ। ‘यो कार्यक्रम पुरानै हो तर सुरूवात गर्न सकिएको थिएन,’ उपाध्यक्ष रिजालले सेतोपाटीसँग भने, ‘यसपाली यसलाई निरन्तरता दिइनेछ। यसका लागि बजेट पनि छुट्याइएको छ।

त्यस्तै, पर्यटन प्रवर्द्धनका लागि आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्ने उनले बताए। ‘बोर्डको मुख्य काम नै पर्यटन प्रवर्द्धन गर्नु हो,’ उनले थपे, ‘यसअन्तर्गत रहेर स–साना पदमार्ग बनाउने, जनसम्पर्क र अनुसन्धानमूलक कामहरू गर्ने लगायत काम हुनेछ।’

साथै पर्यटकीय गन्तव्यहरूको पहिचान गरी प्रचार-प्रसार गर्ने गरी बोर्डले बजेट ल्याएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend