पब्लिक सूचना
असन्तुष्ट राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी छ।
शिक्षक महासंघ र सरकारबीच सहमति भए पनि राहत शिक्षकहरूले आफ्नो आन्दोलन जारी नै राखेका हुन्।
सरकारले सहमति गर्दा राहत शिक्षकका मागहरूको सम्बोधन नगरेको भन्दै उनीहरूले काठमाडौंको बबरमहलमा आज सुतेर प्रदर्शन गरेका छन्।
राहत शिक्षकसँगै, बाल शिक्षक, विद्यालय कर्मचारीहरूको माग सम्बोधन नभएको भन्दै उनीहरूले प्रदर्शनको नयाँ स्वरूप अपनाएका हुन्।
गत शुक्रबार सरकारले शिक्षक महासंघसँग ६ बुँदे सहमति गरेको थियो। यो सहमतिपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै आफूहरूको माग सम्बोधन नभएको बताएका थिए।
सरकारले शिक्षक कर्मचारीहरूलाई गुमराहमा राखेको र झारो टार्न यो सहमति गरेको भन्दै राहत शिक्षकको आपत्ति छ।
राहत शिक्षकको व्यवस्थापनको लागि परीक्षाको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ। पेन्सनबाट बञ्चित गराएको, विद्यालय कर्मचारीहरूको बारेमा कुनै कुरा नराखेको विषयमा शिक्षकहरू आन्दोलित छन्।
तस्बिरहरू:
-1695625578.jpg)
-1695625578.jpg)
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend