पब्लिक सूचना
घरेलु टोली नेपालले काठमाडौंमा जारी साफ यू–१९ च्याम्पियनसिपमा सेमिफाइनलमा स्थान बनाउन अन्तिम खेलमा माल्दिभ्सलाई हराउनै पर्ने भएकोछ । शनिबार माल्दिभ्स र पाकिस्तानबीचको खेल १-१ को बराबरीमा सकिएसँगै नेपाललाई जित अनिवार्य बनेको हो ।
नेपाल पहिलो खेलमा बिहीबार पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको थियो । समूह ए बाट पाकिस्तान २ खेलमा ५ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको छ । नेपाल र माल्दिभ्सबीचको खेल सोमबार दिउँसो १ : ३० मा दशरथ रंगाशालामा सुरु हुनेछ ।
उक्त खेलमा नेपाल विजयी भएमा सेमिफाइनलमा पुग्नेछ । तर नेपाल पराजित भएमा वा बराबरी खेलेको अवस्था पनि बाहिरिने पक्का भएको छ । माल्दिभ्सलाई भने सेमिफाइनलमा पुग्न जित वा बराबरी पर्याप्त हुनेछ ।
समूह बी मा बंगलादेश, भुटान र भारत छन् । समूह बी मा पहिलो खेलमा भारतले बंगलादेशलाई ३-० ले हराएको थियो । भुटानले बंगलादेशलाई ४-३ को गोल अन्तरले हराएको थियो ।
हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल बुधबार र फाइनल शनिबार हुनेछ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend