logo
  • शनिबार, असोज १७ २०८३

घट्यो हवाई इन्धनको भाउ, भाडा पनि घट्ने


  • पब्लिक सूचना
  • बुधबार, असार ६ २०८०

नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएको छ।

मंगलबार निगमले विज्ञप्ति जारी गर्दै आन्तरिक र बाह्य हवाई इन्धनको भाउ घटेको जानकारी दिएको हो।

निगमका अनुसार हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १० रूपैयाँ घटाइएको छ। योसँगै अब हवाई इन्धन आन्तरिक अब प्रतिलिटर १५० रूपैयाँ पर्नेछ।

त्यस्तै हवाई इन्धन बाह्यमा प्रतिकिलोलिटर २ सय डलर (प्रतिलिटर करिब २६ रूपैयाँ) घटाइएको छ। हवाई इन्धन बाह्य अब प्रतिकिलोलिटर १ हजार १५० डलर (प्रतिलिटर करिब १५१ रूपैयाँ) पर्नेछ।

नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ।

हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारदेखि नै लागू हुने गरी आन्तरिक उडानतर्फको भाडादर घटाउने बताएको छ।

मंगलबार आफ्नो ट्विटर ह्यान्डल मार्फत प्राधिकरणले भनेको छ, ‘नेपाल आयल निगमले हवाई इन्धनको भाउ कम गरेसँगै बुधबारदेखि सबै आन्तरिक हवाई उडानको भाडादर कम गर्ने निर्णय भएको छ।’

कुन गन्तव्यको भाडादर कति कम हुने भन्नेबारे प्राधिकरणले सार्वजनिक गरिसकेको छैन।

 

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend