पब्लिक सूचना
मुगु, असोज ६ गते । जिल्ला सदरमुकाम गमगढी बजारमा शुक्रवार राती अन्दाजी १२ बजे भीषण आगलागी भएको छ। मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं २ मा पर्ने गमगढी बजारको कालीकामालीका मन्दिरको पश्चिमी क्षेत्र तिर आठ घर जलेर नष्ट भएका छन्।
जिल्ला प्रहरी कार्यालयको जानकारी अनुसार उक्त आगलागीबाट जलेका घर धनीहरूको नाम तार्के लामा , सोनाम लामा,जङ्ग बहादुर ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, प्रदीप रावल, पुतली शाही पद्मराज मल्लको टिनको टहरा रहेका छन्। ।
स्थानीय चुम्म बुढाका अनुसार उक्त घरका सटरहरूमा रहेको व्यापारिक मालसामानहरूका साथै घरका अन्य माल सामान गरी करोडौँको क्षती हुन सक्ने अनुमान गरिएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना,नगर प्रहरी र स्थानीय बासिन्दाहरू खटिएका छन् । गमगढी खानेपानीको पानी प्रयोग गरी आगो नियन्त्रण गर्ने प्रयास जारी छ ।
आगो के कसरी लाग्यो हो भन्ने कुराको जानकारी प्राप्त हुन सकेको छैन भने क्षतिको यकिन विवरण आउन बाँकिनै रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राम बहादुर थापाले बताउनु भयो। रातिको समयमा आगलागी भए पनि कुनै मानवीय क्षति हुन पाएन , हाल आगलागी नियन्त्रणमा आउने क्रममा रहेको छ उहाँले भन्नुभयो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend