logo
  • शनिबार, असोज १७ २०८३

शिक्षकहरूसँगको वार्ता आज टुङ्गिन्छ : मन्त्री गुरुङ


  • पब्लिक सूचना
  • शुक्रबार, असोज ५ २०८०

काठमाडौँ । आन्दोलनरत शिक्षकहरूसँग औपचारिक छलफलमा बस्नुअघि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र सरोकारवाला मन्त्रीहरुबीच छलफल भएको छ ।

सिंहदरबारमा भएको छलफलमा आन्दोलनरत शिक्षकहरूले अघि सारेका मागबारे बुँदागत रूपमा छलफल भएको कानुनमन्त्री धनराज गुरुङले जानकारी दिए । शिक्षकहरूसँगको छलफलअघि कार्यबहाक प्रधानमन्त्री समेत रहेका खड्काले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग शिक्षकका माग र सम्बोधन गर्न सक्ने विषयबारे कुराकानी गरेका थिए ।

मन्त्रीहरूबीचको छलफलपछि केही बेरमा सरकारी टोली र शिक्षक महासङ्घका प्रतिनिधिबीच वार्ता हुने मन्त्री गुरुङले जानकारी दिए । ‘हामीबीच शिक्षकहरूले अघि सारेका मागबारे बुँदागत रूपमा छलफल  भयो । अव उहाँहरुसँग केहीबेरमा छलफल गर्छौ र आजै शिक्षकहरूसँगको वार्ता अन्तिम टुङ्गो लगाउँछौ’, मन्त्री गुरुङको भनाइ छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend