logo
  • शनिबार, असोज १७ २०८३

साफ यू–१९ च्याम्पियनसिप : नेपाल पाकिस्तानसँग पराजित


  • पब्लिक सूचना
  • शुक्रबार, असोज ५ २०८०

साफ यू–१९ च्याम्पियनसिपमा नेपालले पाकिस्तानसँग पराजित भएको छ । समूह  ‘ए’ अन्तर्गत दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा नेपाल पाकिस्तानसँग १–० गोलले पराजित भयो ।

May be an image of 6 people, people playing football, people playing soccer and text that says '3 CN 15 NEPAL'

पाकिस्तानको जितमा अलि जफरले निर्णायक गोल गर्नुभयो । उहाँले ७६औं मिनेटमा गरेको लामो प्रहार सोझै गोलमा परिणत भएको थियो । जसलाई नेपालका गोलरक्षकले ठम्म्याउन सक्नुभएन ।

May be an image of 6 people, people playing football, people playing soccer and text

नेपालले समूहको दोस्रो खेल माल्दिभ्ससँग खेल्नेछ । समूह ‘ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । समूह ‘बी’ मा भारत, बंगलादेश र भुटान रहेको छ । बिहीबार नै भएको उद्घाटन खेलमा भारतले बंगलादेशलाई ३–० गोलले हराएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend