logo
  • शनिबार, असोज १७ २०८३

आज राष्ट्रसङ्घको ७८औँ महासभालाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने, भोलि चीन प्रस्थान


  • पब्लिक सूचना
  • बिहिबार, असोज ४ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गर्ने भएका छन् ।

May be an image of 2 people

प्रधानमन्त्री प्रचण्डले यस वर्ष दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौती र नेपालको शान्ति प्रक्रियाबारे सम्बोधन गर्नेछन् ।  यसअघि प्रचण्डले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रसलगायत विभिन्न मित्रराष्ट्रका राष्ट्र प्रमुख एवं सरकार प्रमुखसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपालको राष्ट्रिय हित, पारस्परिक सहयोग र दिगो विकासका मुद्दालाई केन्द्रमा राखेर छलफल भएको बताइएको छ ।
May be an image of 6 people
प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट ५ असोजमा चीन प्रस्थान गर्ने र  १३ असोजमा स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend