logo
  • शनिबार, असोज १७ २०८३

आज कतिपय ठाउँमा भारी वर्षाको सम्भावना


  • पब्लिक सूचना
  • बिहिबार, असोज ४ २०८०

काठमाडौँ, असोज ४ गते । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ।

मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भू–भागहरुमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन चटयाङ हल्का वर्षा भैरहेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी  प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशहरुको एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।

आज राति  देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरुका केही स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति पनि कोशी र गण्डकी प्रदेशहरुको एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend