logo
  • शनिबार, असोज १७ २०८३

टुँडिखेलमा संविधान दिवसको रौनक (फोटो फिचर)


  • पब्लिक सूचना
  • बुधबार, असोज ३ २०८०

असोज ३, २०८०: आज विभिन्न कार्यक्रम गरि देशभर संविधान दिवस मनाइँदै छ । सोही क्रममा टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिएको छ ।

टुँडिखेलमा संविधान दिवसको रौनक (फोटो फिचर)

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मालगायत विशिष्ट व्यक्तिहरुको सहभागिता थियो । त्यस्तै, सांसदहरु, संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, विदेशी नियोगका प्रमुखलगायत पनि समारोहमा उपस्थित भए ।

सो अवसरमा विभिन्न समुदायका सांस्कृतिक प्रस्तुति देखाइनुका साथै नेपाली सेनाले आफ्नो कला कौशल प्रदर्शन गरेको थियो । त्यस्तै, सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै ‘संविधान दिवस, २०८०’ लेखिएको ब्यानर प्रदर्शनसमेत गरिएको थियो ।

तस्बिरहरु: 

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend