पब्लिक सूचना
काठमाडौं, असोज १ गते । १९औँ एसियाली खेलकुद (एसियाड)मा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार टोली चीन प्रस्थान गरेको छ ।
यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म चीनको हाङझाउमा हुने एसियाडमा फुटबलमा नेपालबाट महिला टोलीले मात्र सहभागिता जनाउन लागेको छ ।
एसियाडमा नेपाली महिला टोलीले पहिला पटक भाग लिन लागेको हो । महिला फुटबल सेप्टेम्बर २१ देखि अक्टोबर ६ सम्म हुनेछ । एसियाड महिला फुटबलमा नेपाल समूह ‘डी’ रहेको छ । यस समूहमा नेपाल, जापान, भियतनाम र बङ्गलादेश छन् । नेपालले सेप्टेम्बर २२ मा भियतनाम, २५ मा जापान र २८ मा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
एन्जली तुम्बाबापो सुब्बाको कप्तानीमा रहेको नेपाली टोलीमा अनिता बस्नेत, सावित्री भण्डारी, हीराकुमारी भुजेल, विमला बिक, समीक्षा घिमिरे, विमला चौधरी, रश्मिकुमारी घिसिङ, अमृता जैसी, अमिषा कार्की, अनिता केसी, सरु लिम्बु, रेनुका नगरकोटे, उषा नाथ, रेखा पौडेल, प्रीति राई, गीता राना, अञ्जना रानामगर, पूजा राना, सबिता रानमगर, दीपा शाही र निशा थोकर हुनुहुन्छ । नेपाली टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन हुनुहुन्छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend