Rohit Sharma captain of India receives Asia Cup 2023 trophy by Jay Shah President of Asian Cricket Council during the Final of the Asia Cup 2023 match between India and Sri Lanka held at the R. Premadasa International Cricket Stadium (RPS), Colombo, Sri Lanka on the 17th September, 2023.
Photo by: Deepak Malik / CREIMAS / Asian Cricket Council
RESTRICTED TO EDITORIAL USE
अशोज १ , आशिष लामिछाने : एसिया कप क्रिकेट २०२३ को उपाधि भारतले जितेको छ। आइतबार कोलम्बोमा भएको फाइनल भिडन्तमा घरेलु टिम श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारत आठौं पटक एसिया कप च्याम्पियन भएको हो।

भारतले पछिल्लोपटक २०१८ मा एसिया कप जितेको थियो। एसिया कपको फाइनलमा विकेटको आधारमा तय भएको यो सबैभन्दा ठूलो जित हो। श्रीलंकाले दिएको ५१ रनको लक्ष्य भारतले विकेट नगुमाइ ६.१ ओभरमा पार गर्यो।
भारतका लागि इशान किसनले नटआउट २३ रन र शुभमन गिलले नटआउट २७ रन जोडे। त्यसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमै अलआउट भयो।

श्रीलंकाको ब्याटिङ लाइनअप ध्वस्त पार्न भारतका मोहमद सिराजले ६ विकेट लिए। करिअरको उत्कृष्ट बलिङ गरेका उनले ७ ओभरमा एक मेडन राख्दा २१ रन खर्चिए।

यस्तै हार्दिक पाण्ड्याले २.२ ओभरमा ३ विकेट लिए भने जसप्रति बुमराहले १ विकेट हात पारे। श्रीलंका लगि कुशल मेन्डिसले १७ रन र डुशान हेमन्थले नटआउट १३ रन जोड्दा ९ ब्यट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भएका थिए। जसमा श्रीलंकाका पाँच ब्याट्सम्यानले त खाता नै खोल्न सकेनन्।
सिराजले चौथो ओभरमा चार विकेट लिएका थिए। उनले सो ओभरको पहिलो बलमा पाथुन निशंकालाई २ रनमा रविन्द्र जडेजाबाट क्याच गराए। तेस्रो बलमा सदीरा समाब्रिक्रमालाई एलबिडब्लूको धरापमा पारे। चौथो बलमा चारिथ असालंकालाई शून्यमा इशान किसनबाट क्याच गराए। यस्तै छैटौं बलमा उनले धनन्जय डि सिल्भालाई ४ रनमा केएल राहुलको हातबाट क्याच गराएका थिए।

त्यसअघि श्रीलंकाले इनिङको तेस्रो बलमा कुशल परेरालाई गुमाएको थियो। उनी जसप्रित बुमराहको बलमा आउट भएका थिए। श्रीलंकाले चौथों ओभर सकिदा ५ विकेट गुमाउँदा सुरुवातै संकटमा परेको थियो।
५० रन श्रीलंकाको एकदिवसीय इतिहासकै दोस्रो कम योगफल हो। एकदिवसीय खेलमा श्रीलंकाको सबैभन्दा कम स्कोर भने २०१२ मा दक्षिण अफ्रिकाविरुद्ध बनाएको ४३ रन हो।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend