पब्लिक सूचना
काठमान्डौ: काठमान्डौको सिनामंगल अवस्थित ब्रिजवाटर इन्टरनेश्नल कलेजले यही असोज २ गते मंगलबार ब्रिजवाटर अभिनन्दन कार्यक्रम गर्ने भएको छ । विभिन्न क्षेत्रमा अतुलनिय योगदान पुर्याएका मुर्धन्य व्यक्तिको अभिनन्दन कार्यक्रम संगै अन्य सांगीतिक कार्यक्रम समेटिएको उक्त कार्यक्रम जमल स्थित राष्ट्रिय नाच घरमा हुदैंछ ।
अभिनन्दन कार्यक्रम सगैं कक्षा १२ को परिक्षा दिएर ऊत्तिर्ण भएका बिधार्थीलाई बिदाई तथा कक्षा ११ मा भर्ना भएका नँया बिधार्थिहरुलाई स्वागत कार्यक्रमको पनि आयोजना गरीएको छ। स्थापना कालदेखि नै बिज्ञान ब्यबस्थापन, मानविकी र कानुन संकायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइराखेको यस कलेजले बिभिन्न किसीमका अतिरिक्त कार्यक्रम गर्दै आएको छ।
सघिंय संसदका सदस्य तथा युवा पुस्ता माझ परिचित युवा नेता गगन थापाको प्रमुख आतिथ्यतामा हुने ऊक्त कार्यक्रममा बिभिन्न विधामा योगदान पुर्याएका विशिष्ट व्यक्तीहरूको अभिनन्दन गरिने छ। जस अन्तर्गत पत्रकारीता, आर्थीक तथा शिक्षा क्षेत्रमा योगदान पुर्याएका व्यक्तीहरू अभिनन्दित हुनेछन। भने कक्षा ११ र १२ मा पढ्दै गरेका बिधार्थीहरूको सागींतिक प्रस्तुती पनी रहने छ।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend