logo
  • शनिबार, असोज १७ २०८३

‘जवान’ ले एक सातामा कति कमायो?


  • पब्लिक सूचना
  • शुक्रबार, भाद्र २९ २०८०

बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘जवान’ दोस्रो सातामा प्रवेश गरेको छ।

भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार फिल्मले घरेलु बक्स अफिसमा एक सातामा ३६८ करोड ३८ लाख भारू कमाएको छ भने विश्वभरबाट ६२१ करोड ८६ लाख भारू कमाएको छ।

भारतीय बक्स अफिसमा ७५ करोडमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ५३ करोड २३ लाख, तेस्रो दिन ७७ करोड ७९ लाख, चौथो दिन ८० करोड, पाँचौं दिन ३२ करोड ९२ लाख, छैटौं दिन २६ करोड ५२ लाख र सातौं दिन २३ करोड ३ लाख भारू कमाएको हो। यो हिन्दी, तमिल र तेलुगु भाषाको कमाइ हो।

एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।

फिल्ममा शाहरूख डबल रोलमा देखिएका छन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा छिन्। जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend