logo
  • शनिबार, असोज १७ २०८३

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने


  • पब्लिक सूचना
  • शुक्रबार, भाद्र २९ २०८०

{"caption":"u091au093fu0924u0935u0928u092eu093e u0928u093fu0930u094du092eu093eu0923u093eu0927u0940u0928 u0917u094cu0924u092e u092cu0941u0926u094du0927 u0905u0928u094du0924u0930u094du0930u093eu0937u094du091fu094du0930u093fu092f u0915u094du0930u093fu0915u0947u091f u0930u0902u0917u0936u093eu0932u093e u0964 u0924u0938u094du092cu093fu0930 : u0927u0941u0930u094du092eu0941u0938-u0938u0941u0928u094du0924u0932u0940 u092bu093eu0909u0928u094du0921u0947u0938u0928","photographer":"","alt_text":""}

नारायणगढ (चितवन),  भदौ २९ गते । धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने भएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले रङ्गशालाको बाँकी निर्माणको काम महानगरले पूरा गर्ने बताउनुभएको हो । आज नारायणी किनारमा भएको सरसफाइ तथा वृक्षारोपण कार्यक्रममा उहाँले जनस्तरबाट भएको चासो र चिन्तालाई आफूले मनन गरेको जनाउँदै उहाँले जसरी भए पनि रङ्गशाला बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई पटक–पटक जनस्तरबाट खबरदारी भएको छ, रङ्गशाला के हुँदै छ भन्ने आम रूपमा जनतामा चासो र चिन्ता छ, महानगर प्रमुखले अल्लि अस्ति नै बनाउने भन्नुभएको थियो निर्माणको काम कहाँ पुग्यो भन्ने जनतामा प्रश्न छ ।”

सामाजिक सञ्जालमा समेत पहिला बोलेका कुरा राखेर प्रश्न उठाउने गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “म यही कार्यक्रममार्फत भन्न चाहन्छु गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्छ हाम्रै पालामा तपाईँहरू ढुक्क रहनुस् ।” रङ्गशाला निर्माण पूरा गर्न ठुलो आकारको ऋण तिर्नुपर्ने भएको र सरकारले ऋण तिर्ने भन्ने पहिला कुनै सम्झौता नभएको हुँदा निर्माण प्रक्रिया अगाडि बढाउन मुस्किल भएको भन्दै महानगर प्रमुख दाहालले गत आर्थिक वर्षको अन्त्यमा नेपाल सरकारको रु १२ करोड बजेट आएको तर एक हप्ता पनि समय नहुँदा बजेट फिर्ता पठाइएको र छिट्टै त्यो बजेट पुनः आउने उहाँले आश्वासन दिनुभयो ।

रङ्गशाला निर्माणका लागि महानगरपालिकालाई तत्कालै अरबौँ बजेट जुटाउन समस्या हुने हुँदा चरणबद्ध ढङ्गले काम अघि बढाउँदै  र बनेका संरचना संरक्षण गर्दै लैजाने दाहालको भनाइ छ । उहाँले रङ्गशालालाई खेल्न लायक ठाउँ बनाउनका लागि महानगरपालिकाले विभिन्न प्रक्रिया पूरा गरी बागमती प्रदेश सरकारसँगको साझेदारीमा छिट्टै काम अघि बढाइने जानकारी दिनुभयो । रासस

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend