logo
  • शनिबार, असोज १७ २०८३

काठमाडौं आउँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा २१ जना घाइते, दुईको अवस्था गम्भीर


  • पब्लिक सूचना
  • शुक्रबार, भाद्र २९ २०८०

काठमाडौं आउँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गएराति सदरमुकाम तानसेनबाट काठमाडौं आउँदै गरेको लु २ ख १४०३ नम्बरको बस तानसेन नगरपालिका ४ स्थित बारुदखानमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घाइते २१ जनाको मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्।

चालकले ब्रेक फेल भएपछि बस पल्टिएको बताएका छन्। पल्टिएको बसले दुईवटा मोटरसाइकलका र दुई घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend