पब्लिक सूचना
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनमा बिहीबार राष्ट्रिय शोक प्रकट गर्न देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले नेम्वाङको अन्त्येष्टिकै दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले नेम्वाङको पार्थिव शरीर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो १ बजेसम्म राखिने र तत्पश्चात् परिवारका सदस्यले अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो।
उहाँका अनुसार उहाँको बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने भएको छ।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend