logo
  • शनिबार, असोज १७ २०८३

काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापनमा नागरिकको व्यवहारका कारण थप समस्याग्रस्त बन्दै


  • पब्लिक सूचना
  • मंगलबार, असार ५ २०८०

काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापनमा नागरिकको व्यवहारका कारण थप समस्याग्रस्त बन्दै गईरहेको छ । काठमाडौ महानगरपालिकाले सबै नागरिकलाई सहि रु पमा कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह गरेपनि नागरिकको व्यवहारमा परिवर्तन हुन सकेको छैन ।

सडक किनारामा ५० भन्दा बडी स्थानमा फोहोर मलाई विन राखिएपनि फोहोरको उचित व्यवस्थापन भएको छैन । साँझ, बिहानको तथा रातको समयमा लुकेर फोहोरको पोका फाल्ने गरेका छन् ।

कुहिने र नकुहिने फोहोर नछुट्याइए महानगरले कारबाही गर्ने – SajhaPana

सुन्धाराको आकाशेपुल छेउमा चस्मा पसल संचालन गर्दै आएका राजन शेनका अनुसार बिहानको समयमा महानगरपालिकाको फोहोर संकलन गर्ने सवारी साधनले फोहोर उठाउने गरेपनि रातको समयमा विभिन्न क्षेत्रमा बसोबास गर्ने मानिसले फोहोरको पोका फाल्ने गरेको बताउनुभयो ।

नागरिकको व्यवहार परिवर्तन नभएसम्म सफा काठमाडौ देख्न सम्भव नरहेको स्थानीय व्यवसायीले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend