logo
  • शनिबार, असोज १७ २०८३

निरुता सिंहले कसिन् लगनगाँठो


  • पब्लिक सूचना
  • शुक्रबार, भाद्र २२ २०८०

कलाकार निरुता सिंहले लगनगाँठो कसेकी छिन् । आफू वैवाहिक बन्धनमा बाँधिएको अभिनेत्री सिंहले आफ्नै फेसबुक मार्फत जानकारी गराएकी हुन् । उनले २ दिन अगाडि मुम्बईमा बिहे गरेकी हुन् । मुम्बई निवासी सञ्जीभ गुलाटीसँग वैवाहिक जीवनमा बाँधिएको पनि जानकारी गराएकी छिन् ।

सामाजिक सञ्जालमा तस्बिर राख्दै निरुताले मिडियाले बिहे कहिले गर्ने भनेर सोध्ने गरेको प्रश्नको जवाफ दिएको पनि उल्लेख गरेकी छिन् । निरुताले सामाजिक सञ्जालमा लेखेकी छिन्,

‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुँदैन थियो । त्यो हो, निरुताजी बिहे कहिले गर्ने ? आज त्यसै प्रश्नको जवाफ दिन गइरहकी छु । तपाईंहरुको निरुता सिंहले अगष्ट ३१ तारिखको दिन मुम्बई निवासी श्री सञ्जीभ गुलाटीसँग लगनगाँठो जोडेको छ । हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गर्दछु ।’ निरुताले आफूले चाडै नै नेपालमा आशीर्वाद लिन आउने पनि उल्लेख गरेकी छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend