logo
  • शनिबार, असोज १७ २०८३

टि भि हेर्दै पत्रकरिता,अनि छोरी देखि बुहारीसम्मको यात्रा


  • पब्लिक सूचना
  • मंगलबार, असार ५ २०८०

सानै देखि पढ्नमा भन्दा टि. भि र्हेन सुन्न रुचाउने ममा कुन समय बाट टि. भि प्रति लगाब बस्यो पत्तै पाईन् । म सानै हँुदा हाम्रो घरमा टि. भि थिएन तर पल्लो घरमा गएर भए पनि टि.भि हेर्न भने छाडिन् । सायद धेरै टि. भि प्रति आर्कषण भएर होला मलाई टि. भि भित्र बसेर बोल्ने मान्छेहरु धेरै मन पर्थो ।

मनमनै सोच्र्थे म पनि एक दिन यसरी नै बोल्र्ने हुन्छु होला अनि मलाई पनि सबैले यसरी नै हेर्थे होलान् । यति सानो डब्बाभित्र कसरी पस्छन् होला मान्छे कहाँ बसेर बोल्छन् होला जस्ता धेरै प्रश्नहरु मनमा खेल्र्थो , त्यही नजिकै गएर हेरिरहन्र्थे ।
समय सगँ उमेर बढ्दै गयो । बि.स २०७० सालमा एस. एल. सि दिए । एस. एल. सि.मा पास भए । प्सटु मा पत्रकारिता लिएर पढ्र्ने ठुलो रहर थियो तर घर बाट बाहिर पढाउन सक्ने परिस्थिति भने थिएन । त्यति कैमा मैले गाउँ बाट नै प्स. टु पास गरे । पत्रकारिता भन्ने बिषय नै थिएन त्यसैले कानुन बिषय राखेर पास गरे ।

प्स.टु पछि पहिलो पटक काठमाडौ टुक्ने मैका पाए । रत्न राज्य क्यामपसमा भर्ना भए । आफुलाई मन परेको बिषय भएर होला पढ्नमा रुचि बढ्दै गयो । सानै देखि सगैँ पढेको साथि र म त्यहि पढ्ने भयौ । हामी दुबैलाई जान आउन सहज भएको थियो । दुई जना भए पछि हामिलाई धेरै समय सम्म अरु साथिहरुको मतलभ नै भएन । तर के पुग्थो र गएको एक र्बष नहुदै हाम्रो ठुलै गुप्प भयो ।

पढाई सगैँ काम पनि सिक्नु र गर्नु थियो मलाई । बिहानको कलेज छुट्रि हुना साथ काममा जान्थे । रमाईलो लाग्थो मलाई जिवनको पहिलो भोगाई पत्रकारिता बाट नै सुरु भएको हो । अनलाइन न्युजमा काम गर्थे त्याहाँ बाट धेरै कुराहरु सिक्ने मौका पाए । त्याहा बाट अर्का ठाउँमा अफर आयो । कम्तिमा दुई बर्ष जति अनलाई न्युजमा काम गरे । काम गर्दै जाँदा कठिन समय नआउने भन्ने हुदैन् सिक्दै गदै जादा धेरै बाधाहरु आए जीवनमा ।

कहिले पनि भुल्न नसक्र्ने समय भनेको पहिलो लकडाउन भन्दा पहिला जनता टि. भि मा पनि काम गर्ने मैका पाए । सगै पढेको साथिको मार्फत बाट जनता टि. भि मा इन्टनका लागि पत्रकारिता पढेको व्यक्तिको सुचना खोलेको थाहा पायौँ र हामि दुबै जना गयौँ । पत्रकारिता भनेको सिक्दै गर्दै जानिने बिषय हो । त्याहाँ गएको पहिलो दिन नै हामिले धेरै कुरा सिक्नै मौका पायौ । पहिलो पटक टि भि को अगाडि आफुलाई देख्दाको आन्नद अहिले पनि र्बिसन भने सकेको छौन् । रिपोटिँन गर्न ,बोल्न,कार्यक्म चलाउन ,लेख्न, जस्ता धेरै कुराहरु सिक्ने मैका पाए । भयो होला ३,४ बर्ष छाडेको तर पनि सम्झदा अस्ति सम्म गरेको लाग्छ । तर त्यहि सिकाई र भोगाईले मैलै कहिले पनि हट्नु परेन । धन्यवाद भन्न चाहन्छु त्यो टिमलाई ।

लकडाउको कारण काठमान्डौ बस्न नसके पछि जनाता सगँको यात्रा सदाको लागि टुयो तर उसले दिएको ज्ञान भनै कहिले सकिने छैन् । युउटुबमा कार्यक्म चालाउने थाले क्यामाराकोे अगाडि बोल्र्ने आट पनि जनताले नै दिएको हो । सबै भन्ला पहिला मैले आफुले माया गरेको मान्छेको अन्तरवार्ता लिए । उहाँ हुनुहुन्थो वातावरण अभियान्ता आषिश लामिछाने । धेरै जनाको अन्तरवार्ता लिने मैका पाए । आफुलाई आफ्नो काम प्रति धेरै नि लगाभ थियो । समय बित्दै गयो सधै एकैनास र एउटै कामले पनि नथेग्दो रहेछ ।

बिबाह भएको पनि एक बर्ष हुन लागि सकेछ । बिबाह पछि छोरी बाट बुहारी भए सगँ जिम्मेवारी पनि थप हुदै जान्छ । भनेको जति समय दिन सकिन्दैन् । कति पय मैकाहरु त माया नै मार्नु पर्ने हुन्छ । होला समय कम दिएको तर पत्रकारितालाई भने छाडेको छैन् ।
अहिले भन्नु पर्दा म छोरी बाट बुहारी भईसके आफ्नो काम सगै थप जिम्मेवारी काधमा छ । समय भए सम्म मैले आफ्नो कामलाई छाडेको छैन् । जसरी समय चलिरहन्छ त्यसरी नै हामा्रे जिवन पनि चलिरहन्छ । सधै एउटै मात्र सपनाले सारा जिवन नचल्र्ने रहेछ । परिस्थिति अनुसार चल्न सिक्नु नै जिवन रहेछ । आज म सोच्छु एक चिज नपाउदैमा जीवन नसिद्धिने रहेछ ।

आज यसो सोच्छु जीवन एक कारणले अन्त्य नहुँदो रहेछ । जीवनमा कहिले सफलता हात पर्छ कहिले असफलता । यो जिन्दगीको गति नै हो । जित्दा मतमत हुने हार्दा आतिने होइन । जीवन सुन्दर पनि छ । साच्चै चुनौतीहरुले नै अघि बढ्न र बाँच्न सिकाउँछ । यसैले त यही जिन्दगी रहस्यमय लाग्दै जान्छ । पुरानो याद कथा बन्दै जान्छ । जीवनमा आफ्नो भुमिकाले निकै महत्व राख्छ । के पाएँ के गुमाएँ भन्नुभन्दा पनि पाएको चिजबाट नै जीवनलाई सहज बनाउु उत्तम उपाय हो ।

 

 

 

 

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend