logo
  • शनिबार, असोज १७ २०८३

बालोन डी’ओर अवार्डका लागि ३० खेलाडीको प्रारम्भिक सूचीमै परेनन् रोनाल्डो


  • पब्लिक सूचना
  • बिहिबार, भाद्र २१ २०८०

सन् २०२३ को बालोन डी’ओर अवार्डका लागि  ३० जना खेलाडीको सर्टलिस्टमा गरिएको छ। जसमा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो छैनन्।

सूचीमा इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीका सात खेलाडी र प्रिमियर लिगमा १२ खेलाडी परेका छन्।

अर्जेन्टिनाका कप्तान लिओनील मेसी विश्वकप जितिसकेपछि आफ्नो कीर्तिमानी आठौं बालोन डी’ओर जित्नका लागि सबैभन्दा बलिया खेलाडी हुन्।

गत वर्ष साउदी क्लब अल-नासर गएका पाँच पटकका अवार्ड विजेता रोनाल्डो सन् २००३ पछि पहिलो पटक मनोनयनमा परेका छैनन्।

बालोन डी’ओर मनोनयन सूची
जोस्को ग्वार्डियोल (म्यानचेस्टर सिटी, क्रोएसिया)

जमाल मुसियाला (बायर्न म्युनिख, जर्मनी)

आन्द्रे ओनाना (म्यानचेस्टर युनाइटेड, क्यामरुन)

करिम बेन्जेमा (अल-इतिहाद, फ्रान्स)

मोहम्मद सलाह (लिभरपुल, इजिप्ट)

बुकायो साका (आर्सनल, इङ्गल्याण्ड)

केभिन डे ब्रुइन (म्यानचेस्टर सिटी, बेल्जियम)

जुड बेलिङघम (रियल म्याड्रिड, इङ्गल्याण्ड)

रान्डल कोलो मुआनी (पेरिस सेन्ट जर्मेन, फ्रान्स)

बर्नार्डो सिल्भा (म्यानचेस्टर सिटी, पोर्चुगल)

ख्भिचा क्भारास्तखेलिया (नेपाली, जर्जिया)

निकोलो बारेला (इन्टर मिलान, इटाली)

एमिलियानो मार्टिनेज (एस्टन भिल्ला, अर्जेन्टिना)

रुबेन डायस (म्यानचेस्टर सिटी, पोर्चुगल)

एर्लिङ हालान्ड (म्यानचेस्टर सिटी, नर्वे)

मार्टिन ओडेगार्ड (आर्सनल, नर्वे)

इल्के गुन्डोगन (बार्सिलोना, जर्मनी)

यासिन बोनौ (सेभिल्ला, मोरक्को)

जुलियन अल्भारेज (म्यानचेस्टर सिटी, अर्जेन्टिना)

भिनिसियस जूनियर (रियल म्याड्रिड, ब्राजिल)

रोड्री (म्यानचेस्टर सिटी, स्पेन)

एन्टोइन ग्रिजम्यान (एटलेटिको म्याड्रिड, फ्रान्स)

लिओनल मेसी (इन्टर मायमी, अर्जेन्टिना)

लाउटारो मार्टिनेज (इन्टर मिलान, अर्जेन्टिना)

रोबर्ट लेवान्डोस्की (बार्सिलोना, पोल्याण्ड)

किम मिन-जे (बायर्न म्युनिख, दक्षिण कोरिया)

लुका मोड्रिच (रियल म्याड्रिड, क्रोएसिया)

केलियन एमबाप्पे (पेरिस सेन्ट जर्मेन, फ्रान्स)

ह्यारी केन (बायर्न म्युनिख, इङ्गल्याण्ड)

भिक्टर ओसिमहेन (नेपोली, नाइजेरिया)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend