logo
  • आइतबार, असोज १८ २०८३

स्वदेश फर्कियो क्रिकेट टोली


  • पब्लिक सूचना
  • बुधबार, भाद्र २० २०८०

काठमाडौं, भदौ २० गते । पहिलो पटक एसिया कप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार दिउँसो स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन विमान स्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारी र समर्थकले स्वागत गरेका थिए ।

एसिया कपको समूह ‘ए’बाट प्रतिस्पर्धा गरेको नेपाल समूह चरणबाट बाहिरिएको थियो । नेपालले समूहमा पहिलो पटक विश्व वरीयताको शीर्ष टोली पाकिस्तान र तेस्रो स्थानमा रहेको भारतसँग प्रतिस्पर्धा गरेको थियो ।

पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भारतसँग डकवर्थ लुइसको नियमका आधारमा १० विकेटले पराजित भएको थियो ।

यद्यपी पाकिस्तानसँगको तुलनामा नेपालले भारतसँग उत्कृष्ट प्रदर्शन गरेको थियो । ब्याटिङमा महाशक्ति भारतसँग निडर प्रदर्शन गरेपछि नेपाली टोलीको चर्चा विश्वभर चुलिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend