logo
  • शनिबार, असोज १७ २०८३

भृकुटीमण्डपका अनधिकृत टहरा महानगरले भत्कायो


  • पब्लिक सूचना
  • बुधबार, भाद्र २० २०८०

काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा अनधिकृत रूपमा बनाइएका ४ वटा टहरामा डोजर चलाएको छ ।

महानगरले अनुमतिविना बनाइएका टहरमाथि डोजर चलाइएको महानगरका नगर प्रहरी निरीक्षक ईश्वर वाग्लेले जानकारी दिए ।

‘भृकुटी मण्डपमा शौचालयका लागि मात्रै अनुमति भएको ठाउँमा अन्य टहराहरु निर्माण गरेर व्यापार गरेपछि डोजर चलाएर भत्काएका हौं,’ वाग्लेले भने ।

यसअघि पटक–पटक उक्त टहरा हटाउन सूचना गरेपनि अटेर गरेपछि डोजर चलाउन बाध्य भएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend