पब्लिक सूचना
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ ले अहिले सबैभन्दा ठुलो भ्रष्टाचार स्वास्थ्य क्षेत्रमा देखा पर्न थालेको टिप्पणी गरेका छन् । बिहीबार कपिलवस्तुको शिव गढीमा आयोजित एक कार्यक्रममा बोल्दै विप्लवले सो कुरा बताएका हुन् । महासचिव चन्दले स्वास्थ्य क्षेत्र राज्यले जिम्मा नलिँदा सामान्य रोगबाट समेत जनताको ज्यान गइरहेको बताए ।
‘पैसा हुने जसरी पनि बाँचेका छन् । पैसा नहुने जनता भने सामान्य बिरामी हुँदा मरिराखेका छन् । त्यसैले राज्यसँग हामी लडिराखेका छौँ’ विप्लवले भने, ‘अहिले सबैभन्दा ठुलो भ्रष्टाचार स्वास्थ्य क्षेत्रमा देखा परेको छ । दुःखका साथ भन्नुपर्छ । ठुला ठुला भौतिक संरचना बनाएर स्वास्थ्यमा व्यापारीकरण भइरहेको छ । त्यसैले हामी भन्दै आएका छौँ स्वास्थ्य र शिक्षा राज्यले हेरिदिओस् ।’ बिरामी देखाएर स्वास्थ्य क्षेत्रमा व्यापार भइरहेको विप्लवले बताए ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend