logo
  • आइतबार, असोज १८ २०८३

दक्षिण भारतीय फिल्म ‘जेलर’ ओटिटी प्लेटर्फममा प्रदर्शन हुने


  • पब्लिक सूचना
  • मंगलबार, भाद्र १९ २०८०

दक्षिण भारतीय फिल्म ‘जेलर’ ओटिटी प्लेटर्फममा प्रदर्शन हुने भएको छ।

यो फिल्म सेक्टेम्बर ७ देखि अमेजन प्राइम भिडिओमा प्रदर्शन हुँदैछ। अमेजनले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै लेखेको छ, ‘जेलर शहरमा छ, यो सर्तक रहने समय हो। आगामी ७ सेक्टेम्बरमा रजनीकान्तको ‘जेलर’ अमेजन प्राइम भिडिओमा रिलिज हुनेछ।’

यो फिल्म ओटिटीमा हिन्दी, तमिल, तेलुगू, मलयालम र कन्नड भाषामा प्रदर्शन हुन लागेको हो। यी भाषामा प्रदर्शन भएको फिल्ममा अंग्रेजी सबटाइटल दिइने भारतीय सञ्चार माध्यम दैनिक जागरणमा उल्लेख छ।

jailer-r-1693894695.jpg

अगस्ट १० मा फिल्म हलमा प्रदर्शन भएको फिल्मले विश्वव्यापी रूपमा आक्रमक व्यापार गरेको छ। फिल्मले विश्वव्यापी रूपमा ६४० करोड भारूभन्दा बढी कमाइ गरिसकेको छ भने भारतमा ३३८ करोड भारूभन्दा बढी कमाइ गरिसकेको छ। यो फिल्म हलमा अझै प्रदर्शन भइरहेको छ।

नेल्सन दिलीपकुमारले निर्देशन गरेको फिल्ममा रजनीकान्तसँगै तमन्ना भाटिया, मोहनलाल, शिव राजकुमार, ज्याकी श्राफ, राम्या कृष्णन, सुनिल, विनायकन, बसन्थ रवि, योग बाबुललगायत कलाकारको अभिनय छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend