logo
  • शनिबार, असोज १७ २०८३

आर्सनलसँग युनाइटेड पराजित


  • आशिष लामिछाने
  • मंगलबार, भाद्र १९ २०८०

अन्तिम समयमा दुई गोल गर्दै आर्सनलले इंग्लिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड माथि रोमाञ्चक पुनरागमन जित निकालेको छ। आर्सनलका लागि खेलमा मार्टिन ओडेगार्ड, डेक्लन राइस र गेब्रियल जिससले १-१ गोल गरे। म्यानचेस्टर युनाइटेडका लागि मार्कस र्यासफोर्डले एक गोल गरे।

Arsenal score TWICE in injury time to beat Man Utd after VAR intervention -  5 talking points - Mirror Online

१४औं मिनेटमा काई हावर्ट्जले राम्रो मौका खेर फाले। आर्सनलका मार्टीनेलीको क्रस म्यान्चेस्टर युनाईटेडका दुई जना डिफेन्डरलाई लागेर हावर्ट्जको खुट्टामा आएको थियो। तर उनले बलमा कुनै सम्पर्क रहेन।

२७औं मिनेटमा मार्कस रासफोर्डले युनाइटेडलाई अग्रता दिए। रासफोर्डले क्रिष्टियन एरिक्सनको पासमा उत्कृष्ट प्रदर्शन गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर आर्सनललाई खेलमा फर्कन मात्र एक मिनेट लाग्यो। ग्याब्रियल मार्टिनेलीको पासलाई मार्टिन ओडेगार्डले बक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै आर्सनललाई बराबरीमा पुर्याएका थिए।

५५औं मिनेटमा युनाइटेडका एन्थोनी मार्सियालको सट आर्सनल गोलरक्षक आरोन राम्सडेलले बचाउ गरे।

५९औं मिनेटमा आर्सनलले पेनाल्टी पाएको थियो। हावर्ट्ज बक्स भित्र लडेपछि रेफ्री एन्थोनी टेलरले पेनाल्टी करार गरेका थिए। तर भिडियो असिस्टेन्ट रेफ्रीले त्यस निर्णयलाई उल्टाईदियो। ६८औं मिनेटमा मार्टिनेलीको बक्स बाहिरबाट लिएको सट गोल पोस्टको केही टाढा बाट बाहिरियो।

८२औं मिनेटमा आर्सनलका बुकायों साकाले सुन्दर मौका सदुपयोग गर्न सकेनन्। बेन व्हाइटको क्रस साकाको खुट्टामा आएको बलमा उनले दिशा त देखाए तर पर्याप्त शक्ति रहन सकेन।

युनाइटेडका लागि ८८औं मिनेटमा अलेजान्ड्रो गार्नाचोले गरेको गोल भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड करार गरेपछि युनाइटेडका उल्लास निराशामा परिणत भयो। आर्सनलले खेलको अन्तिम समयमा दुई गोल गर्दै जित सुनिश्चित गर्यो ।

Man Utd player ratings vs Arsenal: Move over Anthony Martial! Rasmus  Hojlund offers hope despite devastating late defeat | Goal.com India

थपिएको समयको पाँचौं मिनेटमा डेक्लन राइसले गोल गर्दै आर्सनललाई अग्रता जित दिलाए। साकाको कर्नर फार-पोस्टमा छातिले रोक्दै उनले बललाई विक्षेपनको मद्दतले गोल्पोस्टमा छिराए । थपिएको समयको ११औं मिनेटमा गेब्रियल जिससले काउन्टर अट्याकमा गोल गर्दै जित सुनिश्चित गरे।

जित सँगै गत सिजन लिग जित्न बाट चुकेको आर्सनल चार खेलमा तीन जित र एक बराबरीसहित १० अंक पुर्याउदै पाँचौं स्थानमा रहेको छ। म्यानचेस्टर युनाइटेड भने दुई जित र दुई हार सहित ११औं स्थानमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend