पब्लिक सूचना
वर्षातमा पानी नछिरोस् भनेर कहिले प्लाष्टिकले भवनको छाना ढाक्ने, कहिले जस्तापाता ओढाउने काम भने चल्दै आएको छ । संघीय संसदका सहप्रवक्ता दशरथ धमलाले नेपालको पहिलो संसद भवनलाई संसदीय संग्रहालयको रुपमा विकास गर्न चाहेको तर पुनर्निर्माणको काम सुरु नभएको बताए ।
राणाकालमा बनेको एक सय वर्षभन्दा पुरानो यो भवनको पुनर्निर्माणको काम सहरी विकास तथा भवन विभाग मातहतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले पाएको छ । सो कार्यालयका निर्देशक माचाकाजी महर्जनले ग्यालेरी बैठक पुनर्निर्माणका लागि नक्साङ्कनको काम सुरु गर्न लागेको बताए । यसका लागि झन्डै १८ लाख रुपैयाँ बजेट खर्च हुने उनको भनाइ छ ।

अहिलेको वर्षातमा जोगाउनका लागि छत हालेको र भवनको भित्तामा पानी नपर्नेगरी व्यवस्थापन गरेको उनले बताए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा यो भवन भत्काएर नयाँ स्टेट हल (विदेशी पाहुनालाई स्वागत गर्ने भवन) बनाउने निर्णय गरिएको थियो । तर सम्पदाप्रेमीहरुले त्यसको विरोध गरेका थिए । यता संसद सचिवालयले सो भवनको पुनर्निर्माण गरेर संसदीय संग्रहालय बनाउन सुझाव दिएको थियो ।
यस्तै पुरातत्व विभागले पनि सो भवन सय वर्षभन्दा पुरानो भएकाले पुनर्निर्माण गरी संरक्षण गर्न सुझाव दिएको थियो । झन्डै ७ वर्ष प्लाष्टिक ओढाएर राखिएको यो भवनमा अहिले पानीबाट जोगाउन जस्तापाता राख्न थालिएको छ ।
२०७२ सालको भूकम्पले झन्डै ५ लाख घर तथा भवनमा पूर्ण क्षति पुर्याएको थियो भने झन्डै ३ लाख घर तथा भवनमा आशिंक क्षति पुगेको थियो । भूकम्पले क्षति पुर्याएका अधिकांश भवन मर्मत भइसक्दा पनि सरकारको आँखा अगाडि रहेको नेपालको पहिलो संसद भवन भने उपेक्षामा परेको छ ।
ऐतिहासिक सम्पदाको रुपमा रहेको यो ग्यालेरी बैठक अर्थात पहिलो संसद भवनमा २०१५ सालको पहिलो संसद बैठक बसेको थियो । त्यसयता लगातार संसदीय गतिविधिका लागि प्रयोग भएको यो भवनमा अन्तिम पटक माओवादीसहितको अन्तरिम व्यवस्थापिका बैठक पनि सञ्चालन भएको थियो । २०६४ सालमा संविधानसभाको चुनावबाट ६०१ जना सभासद निर्वाचित भएपछि यो भवन साँघुरो बन्न पुग्यो । त्यसपछि वार्षिक १५ करोड रुपैयाँ भाडा बुझाउनेगरी नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संसद भवनको रुपमा प्रयोग गर्न थालिएको थियो ।
२०७२ सालको भूकम्पले झन्डै ५ लाख घर तथा भवनमा पूर्ण क्षति पुर्याएको थियो भने झन्डै ३ लाख घर तथा भवनमा आशिंक क्षति पुगेको थियो । भूकम्पले क्षति पुर्याएका अधिकांश भवन मर्मत भइसक्दा पनि सरकारको आँखा अगाडि रहेको नेपालको पहिलो संसद भवन भने उपेक्षामा परेको छ ।
यो भवन मर्मतसंभार गर्ने कि भत्काउँने भन्ने विषयमा सरकारको नीति परिवर्तन भइराख्दा नेपालको संसदको जिउँदो इतिहासको रुपमा रहेको यो भवनले अझै १ वर्षभन्दा बढी समय पुनर्निर्माणका लागि पर्खनुपर्ने देखिएको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend