logo
  • शनिबार, असोज १७ २०८३

नेपालसँग हारे भारत समूह चरणबाटै बाहिरिने


  • पब्लिक सूचना
  • आइतबार, भाद्र १७ २०८०

 विश्व क्रिकेटको पावर हाउस भारतले एसिया कपमा यदि नेपालसँग हारे समूह चरणबाटै बाहिरिने भएको छ । समूह ए को अन्तिम खेलमा नेपाल र भारतबीच सोमबार श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुनेछ ।

पाकिस्तान २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ सुपर फोरमा पुगेकोछ । भारत १ खेलमा १ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल १ खेलमा अंक विहीन हुँदै पुछारमा छ । अन्तिम खेलमा नेपाल विजयी हुँदा २ अंक हुन्छ । नेपालसँग पराजित हुँदा भारत १ अंकका साथ पुछारमा रहँदै बाहिरिनेछ ।

तर एसोसिएट टोली नेपालले जित हात पार्न जादुमयी प्रदर्शन गर्न बाहेक अन्य कुनैपनि विकल्प छैन । वर्षाको कारण रद्द हुँदा भने भारत २ अंकका साथ सोझै सुपर फोरमा पुग्नेछ । त्यसैले नेपालले जित निकाल्न सके पहिलो सहभागीतामै सुपर फोरमा स्थान बनाउने देखिन्छ ।

शनिबार पाकिस्तान र भारतबीचको खेल वर्षाको कारण रद्द भएपछि नेपाललाई फाइदा भएको हो । पाकिस्तानका तीन तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाहको सानदार बलिङमा भारत २ सय ६६ रनमै अल आउट भएको थियो ।

एक समय ६६–४ को अवस्थामा पुगेपनि हार्दिक पान्ड्या र शुभमन गिलले पाँचौं विकेटका लागि १ सय ३८ रनको महत्वपूर्ण साझेदारी गरेपछि भारत खेलमा फर्किएको थियो । उक्त खेलमा भारत पराजित भएको भए नेपालाई अझ फाइदा पुग्न जान्थ्यो ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो । समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह बी को पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई हराएको थियो । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउनेछन् ।

सुपर फोरमा चार टोलीले एक अर्काबीच खेल्नेछन् । सुपर फोरबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालले पहिलो पटक एसिया कप खेलेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend