logo
  • शनिबार, असोज १७ २०८३

हालान्डको ह्याट्रिकमा सिटीको जित


  • पब्लिक सूचना
  • आइतबार, भाद्र १७ २०८०

एर्लिङ हालान्डको ह्याट्रिकको मद्दतमा इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको खेलमा म्यानचेस्टर सिटीले फूलहमलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

सिटीले ५-१ को जित दर्ता गर्ने क्रममा नाथन आके र जुलियन अल्भारेजले १-१ गोल गरे । ३१ औं मिनेटमा एर्लिङ हालान्डको गोलमा जुलियन अल्भारेजले सिटीलाई अग्रता दिलाएका थिए । तर त्यसको दुई मिनेटपछि नै टिम रेमले गोल गर्दै फुलहमलाई बराबरीमा ल्याए । तर बराबरीपछि सिटीले खेलमा सुधार गर्यो । पहिलो हाफको अन्तिम मिनेटमा नाथन अकेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

May be an image of 4 people, people playing soccer, people playing football and text

दोस्रो हाफ भने हालान्डको नाममा रह्यो । ५८ औं मिनेटमा हालान्डले सिटीको अग्रता दोब्बर बनाए । अल्भारेजलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि सिटीले पेनाल्टी पाएको थियो । हालान्डले पेनाल्टीमा गोल गर्दै व्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि हालान्डले थपिएको समयको पाँचौं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

यो जित आंगै सिटी प्रिमियर लिगको पहिलो स्थानमा रहेको छ । सिटीको चार खेलमा सत-प्रतिसत नतिजा निकाल्दै १२ अंकमा छ। फुलहम भने चार अंक सहित १३औं स्थानमा छ।

त्यस्तै अर्को खेलमा म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड एन्थोनी इलांगाको एकमात्र गोलमा नटिङ्घम फरेस्टले चेल्सीलाई पराजित गरेको छ । स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा फरेस्टलाई जित दिलाउन ४८ औं मिनेटमा उनको गोल पर्याप्त रह्यो। खेलमा चेल्सीले धेरै अवसर खेर फालेको थियो र हार बेहोरेको थियो । हारपछि चेल्सी चार अंकसहित ११ औं स्थानमा छ भने फरेस्ट ६ अंकसहित नवौं स्थानमा छ ।

अर्को खेलमा ब्रेन्टफोर्ड र बर्नमाउथले २–२ को बराबरी खेलेका छन् । यसअघि भएको खेलमा शेफिल्ड युनाइटेड र एभर्टनले पनि २–२ गोलको बराबरी खेलेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend