पब्लिक सूचना
आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा श्रीलंकाले सानदार सुरूवात गरेको छ।
सोमबार भएको समूह ‘बी’ को खेलमा श्रीलंकाले युएईलाई १७५ रनले हरायो।
टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ विकेटको क्षतिमा ३५५ रन जोड्यो।
श्रीलंकाका लागि पथुन निशंकाले ५७ रन, दिमुख करूणारत्नेले ५२ रन, कुशल मेन्डिसले ७८ रन र सदीरा समराविक्रमाले ७३ रन गरी सुरुवाती चार ब्याट्सम्यानले अर्धशतक प्रहार गरे।
बलिङमा युएईका अली नासीरले २ विकेट लिए।
३५६ रनको लक्ष्य पछ्याएको युएई ३९ ओभरमा १८० रनमा अलआउट भयो। उसका लागि कप्तान मोहमद वासीम र वृत्य अरिवन्दले ३९-३९ रन जोडे।
बलिङमा श्रीलंकाका विनन्दु हर्षरंगशाले ६ विकेट लिए। उनले ८ ओभरमा १ मेडन राख्दा २४ रन खर्चिए।
यता यहि समूहको अर्को खेलमा एसोसिएट टिम ओमानले टेस्ट टिम आयरल्यान्डलाई ५ विकेटले हराएको छ।
बलिङमा ओमानका विलाल खान र फयज बटले २-२ विकेट लिए।
२८२ रनको लक्ष्य ओमानले ५ विकेटको क्षतिमा ४८.१ ओभरमा पूरा गर्यो।
ओमानको जितमा ओपनर कश्यप प्रजापतीले ७२ रन जोडे भने कप्तान जिशन मक्सुदले ५९ रन तथा एकिब इल्यासले ५२ रनको योगदान दिए। मोहमद नदीमले नटआउट ४६ रन जोडे।
बलिङमा आयरल्यान्डका जोस लिटल र मार्क एडियरले २-२ विकेट लिए।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend