logo
  • शनिबार, असोज १७ २०८३

पाल्पामा पहिरोले स्कार्पियो पुरिँदा तीन जनाको मृत्यु


  • पब्लिक सूचना
  • बुधबार, भाद्र १३ २०८०

पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिँदा तीन जनाको मृत्यु भएको छ । तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कारर्पियो बुधवार बिहान ढुङ्गासहितको पहिरोले पुरिएर हो ।

दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । थापाका अनुसार अन्य पाँच जना घाइते छन् । स्थानीय र प्रहरीसहितको टोली उद्धारमा लागेको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । स्कार्पियोमा कति यात्रु यात्रा गरेको भन्ने यकिन भने भएको छैन । याे घटना तानसेन तम्घास सडक खण्डमा पर्छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend