logo
  • शनिबार, असोज १७ २०८३

नेपाल एयरलाइन्सले आजदेखि काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्ली उडान भर्ने


  • पब्लिक सूचना
  • मंगलबार, भाद्र १२ २०८०

नेपाल वायुसेवा निगमले आजदेखि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ हुँदै हङकङ र नयाँ दिल्ली उडान भर्ने भएको छ ।

गत जेठ ३० गतेदेखि निगमले हप्ताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौँ उडान गर्दै आएको छ । अब भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौँ ल्याएर निगमकै अर्को  उडानबाट गन्तव्यमा पठाउन लागिएको हो ।

बिहान ९ बजे भैरहवाबाट काठमाडौँ  ल्याएका यात्रुलाई ११ बजे निगमको हङकङ उडान र दिउँसो १ बजे दिल्ली उडानमार्फत यात्रुलाई  गन्तव्य देशमा पठाइनेछ । यसका लागि १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो ।

भैरहवाबाट हरेक मङ्गलवार हप्ताको एक उडानदेखि सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने निगमले उल्लेख गरेको छ ।

Notice1693270889

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend