logo
  • आइतबार, असोज १८ २०८३

सप्तकोसी किनारमा मोबाइल र जुत्ता राखेर डाक्टर बेपत्ता


  • पब्लिक सूचना
  • सोमबार, भाद्र ११ २०८०

विराटनगर । झापा दमकका डाक्टर उज्ज्वल कोइराला उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर बेपत्ता भएका छन् । उनले  लगाएको जुत्ता र उनले चलाउने मोबाइल सप्तकोसी नदी किनारमा भेटिएको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए ।

‘मान्छे कता जानुभयो या के भयो भन्ने कुरामा सुनसरी र उदयपुर प्रहरीले खोजी गरिरहेको छ । दमकमा रहेका उनको घरपरिवार र आफन्तलाई पनि जानकारी भएको छ,’ उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend