पब्लिक सूचना
After a night in Kathmandu, our next stop towards Upper Mustang is Pokhara, just an half-hour flight from Katmandu with gorgeous views on the Himalayas all along (sit on the right of the aircraft). Pokhara is the second largest city of Nepal but, unlike the capital Kathmandu, it is quite loosely built up and still has much green space. The tourist district is along the north shore of Phewa lake. The Annapurna range on the north is only about 28 km away from the lake, and the lake is famous for the reflection of mount Machhapuchhre and other mountain peaks of the Annapurna and Dhaulagiri ranges on its surface.
सर्वोच्च अदालतले फेवातालसहित पोखराका तालहरूको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय खारेज गरिदिएको छ।
सर्वोच्चका न्याायधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले फेवातालसहित पोखराका नौवटा तालहरूको मापदण्ड घटाउने निर्णय बदर गरेको हो।
‘फेवातालसहित पोखराका तालहरूको मापदण्ड घटाउने निर्णय सम्मानित सर्वोच्च अदालतले बदर गरिदिएको छ,’ अधिवक्ता खगेन्द्र सुवेदीले भने, ‘अब पोखराका तालहरू नजोगाई सुख छैन।’
पोखरा महानगरको २०७८ चैत १६ गते बसेको ५५ औं कार्यपालिका बैठकले तालहरूको मापदण्ड घटाउने निर्णय गरेको थियो। नेकपा एमालेबाट निर्वाचित तत्कालीन मेयर मानबहादुर जिसी नेतृत्वको कार्यपालिकाले फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर ३० मिटर कायम गरेको थियो।
यस्तै, रूपा र बेगनास तालको मापदण्ड ५५/५५ मिटर, खास्टे, दिपाङ, मैदी, न्युरेनी, गुँदे र कमलपोखरीको मापदण्ड २०/२० मिटर कायम गर्ने निर्णय कार्यपालिकाले गरेको थियो। फेवातालको जस्तै अन्य तालको मापदण्ड तोक्दा पनि कार्यपालिकाले मापदण्ड घटाएको थियो।
फेवातालको मापदण्ड २०३० मंसिर १५ गते तत्काल पोखरा नगर योजना सरकारले स्वीकृत गरेर लागू गरेको थियो। उक्त मापदण्डमा फेवातालको किनारादेखि दुई सय फिटसम्म कुनै संरचना निर्माण गर्न नपाउने उल्लेख छ। त्यसपछि जिल्ला विकास समिति कास्कीले जिल्ला परिषदमार्फत निर्णय गर्दै फेवातालको मापदण्ड ६५ मिटर कायम गर्ने निर्णय गरेको थियो।
मापदण्ड घटाउने निर्णयविरुद्ध अधिवक्ता सुवेदी, सरोजनाथ प्याकुरेल, कृष्णहरि खड्का र दीपेन्द्रप्रसाद घिमिरेले २०७९ जेठ ११ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटको सुनुवाई गर्दै सर्वोच्चले माग दाबी आदेश दिएको सुवेदीले बताए।
फेवातालसहित पोखराका तालहरूको मापदण्ड घटाउने निर्णय बदरसँगै सर्वोच्च अदालतले अर्को पनि महत्वपूर्ण आदेश दिएको छ।
‘फेवातालको जलाधार क्षेत्रमा कुनै कम्पनी, व्यवसाय वा संरचना नबनाउनु, बनाउन अनुमति दिएको भए बदर गर्नु र कुनै पनि व्यवसाय सञ्चालन गर्न नदिनु भन्ने आदेश छ,’ उनले भने।
फेवातालको सिमसार क्षेत्र अतिक्रमण बढेको भन्दै अधिवक्ता सुवेदीको समूहले दिएको अर्को रिटको सुनुवाई गर्दै उक्त आदेश आएको हो। फेवातालको मापदण्ड मिचेर सञ्चालित होटल, रेस्टुरेन्ट लगायत व्यावसायिक संरचना बनाउन घरेलु तथा साना उद्योग कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत सरकारी निकायलाई विपक्षी बनाएर दायर गरिएको रिटको सुनुवाई गर्दै उक्त आदेश आएको सुवेदीले बताए।
उक्त रिटमा फेवातालको मापदण्डभित्र होटल चलाएका व्यवसायी कर्ण शाक्यसमेत विपक्षी छन्। उनले फेवाताल प्राकृतिक नभई मानवनिर्मित ताल भन्ने अभिव्यक्ति दिएपछि विवादित बनेका थिए। फेवाताल किनारमा उनले होटल वाटर फ्रन्ट चलाइरहेका छन्।
फेवातालको मापदण्ड घटाउने महानगर कार्यपालिका निर्णयविरूद्ध र मापदण्डभित्र व्यवसाय सञ्चालन गर्न अनुमति दिने निकायविरूद्ध परेको रिटको संयुक्त सुनुवाई भएर आदेश आएको अधिवक्ता सुवेदीले बताए।
फेवातालको मापदण्ड सम्बन्धी रिटमा उनीहरूले संविधानका मौलिक हकअन्तर्गत स्वच्छ वातावरणको हक, धार्मिक स्थल संरक्षणको हक, सम्मानपूर्वक बाँच्न पाउने हक र सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षणको माग राखेका थिए।
संविधान र कानुन विपरीत फेवातालमाथि गम्भीर र अपूरणीय क्षति पुर्याएको भन्दै मौलिक हक संरक्षण गर्न उनीहरूले रिट निवेदनमार्फत सर्वोच्च अदालतमा माग राखेका थिए।
रिट निवेदनमा फेवाताल संरक्षणका पक्षमा २०७५ वैशाख १६ गते अदालतले जारी गरेको परमादेश समेत उल्लेख छ। उक्त परमादेशमा तत्कालीन लामिछाने आयोगको प्रतिवेदनका आधारित चार किल्लाभित्र तालको किनारबाट ६५ मिटरसम्मको भूभागमा भवन लगायत ताल संरक्षणमा असर पर्ने भौतिक संरचना निर्माण गर्न नपाउने उल्लेख छ।
उक्त आदेशमा ६ महिनाभित्र फेवातालको मापदण्डभित्र बनेका अनधिकृत ११ सयभन्दा बढी संरचना भत्काउन आदेश आएको थियो। यस्तै, फेवातालको जग्गा अवैध रूपमा दर्ता गरेर व्यक्तिको नाममा पुगेका झन्डै १ हजार ६ सय रोपनीभन्दा बढी जग्गा दर्ता खारेज गरी तालकै नाममा ल्याउन पनि अदालतले आदेश दिएको थियो। ६ महिनाभित्र गर्नु भनेर आएको उक्त आदेश पाँच वर्ष बितिसक्दा पनि कार्यान्वयन भएको छैन।
यस्तै फेवाताल संरक्षण गुरूयोजना बनाएर कार्यान्वयन गर्न तीनै तहका सरकारलाई कार्यविभाजनसहित आदेश आए पनि अहिलेसम्म कुनै पनि तहका सरकारले सिन्को भाँचेका छैनन्। फेवाताल संरक्षणका पक्षमा सर्वोच्च अदालतले जारी गरेको परमादेश कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्री, गण्डकी प्रदेशका मुख्यमन्त्री र पोखरा महानगरका मेयरविरूद्ध अपहेलना मुद्दा सर्वोच्चमा विचाराधीन छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend