पब्लिक सूचना
गायिका समीक्षा अधिकारीले चार फेसबुक पेज र अनलाइन विरुद्ध उजुरी दिनुभएको छ । उहाँले आफ्नो विषयमा झुटाे खबर सार्वजनिक गर्दै मानसिक यातना दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिनुभएको हो ।
उहाँले लेख्नुभएको छ, “केही कागजपत्र मिलाउनुपर्ने भएका कारण अष्ट्रेलियाको भिसामा भएको ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा ‘मलाई अष्ट्रेलियाले ब्ल्याकलिष्टमा राखेको’ भनेर झुटो खबर फैलाइएकोमा त्यसको प्रतिवाद स्वरुप केही सञ्जालहरु किटान गरी जिल्ला प्रहरी कार्यलय, कास्कीमा उजुरी दिएको छु ।’
उहाँले, वास्तविक कुरा नबुझी आफ्नो सामाजिक सञ्जाल प्रचारको लागि कसैको जिन्दगीसँग खेलवाड गर्नु जघन्य अपराध भएको आफ्नो बुझाइ रहेको स्पष्ट पार्नुभएको छ । यस्तै, गायिका अधिकारीले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीमा बिना तथ्य झुटो कुरा लेख्ने पेजविरुद्ध कानुनी कारबाहीका लागि आग्रह गर्नुभएको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend