पब्लिक सूचना
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले एसियाली देश इन्डोनेसियालाई पराजित गरेको छ।
आइतबार जाकर्ताको गेलोरा बुङ कार्नो रंगशाला भएको खेलमा विश्व विजेता अर्जेन्टिनाले घरेलु टिमविरूद्ध २-० गोलको जित निकालेको हो।
अर्जेन्टिनाका लागि पारेडेसले ३८ मिनेटमा पहिलो गोल गरेका थिए।
५५ मिनेटमा क्रिस्टियन रोमेरोले अर्जेन्टिनाको अग्रता दोब्बर पारे।
अर्जेन्टिना आफ्ना स्टार खेलाडी लिओनल मेसीबिना मैदान उत्रिएको थियो।
फिफा विन्डोका दौरान एसिया भ्रमणमा रहेको अर्जेन्टिनाले यसअघि चीनमा मैत्रीपूर्ण खेल खेलेको थियो।
चीनमा अस्ट्रेलियाविरुद्ध अर्जेन्टिनाले २-० गोलको जित निकाल्दा मेसीले करिअरकै छिटो गोल गरेका थिए।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend