logo
  • शनिबार, असोज १७ २०८३

जिम्बाबेको राष्ट्रपतिमा इमर्सन मनांगाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित


  • पब्लिक सूचना
  • आइतबार, भाद्र १० २०८०

जिम्बाबेको राष्ट्रपतिमा एमर्सन मनांगाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

कुल मतको ५२.६ प्रतिशत मत प्राप्त गरेपछि उनी दोस्रो कार्यकाल (पाँच वर्ष)का लागि पुनः निर्वाचित भएको जिम्बाबे निर्वाचन आयोग (जेडइसी) ले शनिबार घोषणा गरेको हो ।

जेडइसी अध्यक्ष प्रिसिला चिगुम्बाले अगस्ट २३—२४ को चुनावमा मनांगाग्वाले अन्य १० जना राष्ट्रपतिका प्रतिद्वन्दीलाई पराजित गरेको बताए ।

उनले भने, ‘”अब म जिम्बाबे निर्वाचन आयोगको अध्यक्ष प्रिस्किला मकान्यारा चिगुम्बा, धारा ११० को उपदफा ३ को सर्तमा यो घोषणा गर्दछु की ज्यानु पिएफ पार्टीका मनांगाग्वा एमर्सन दम्बुड्जोले २३ लाख ५० हजार ७११ मत प्राप्त गर्नुभएको छ । जुन राष्ट्रपतिमा खसेको वैध मतको आधाभन्दा बढी हो । त्यसैले ज्यानु पिएफ पार्टीका मनांगाग्वा एमर्सन दम्बुड्जोलाई अगस्ट २६, २०२३ देखि लागु हुनेगरी जिम्बाबे गणतन्त्रको विधिवत राष्ट्रपति घोषित गरिएको छ ।”

मनांगाग्वाका प्रमुख प्रतिस्पर्धी र विपक्षी सिटिजन्स फर कोएलिसन चेन्ज (सीसीसी) का नेता नेल्सन चामिसाले वैध मतको ४४ प्रतिशत मत प्राप्त गरेको चिगुम्बाले बताए ।

जिम्बाबेको कानुनअनुसार राष्ट्रपति हुनका लागि कुल वैध मतको ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । जिम्बाबेका जनताले बुधबार र बिहीवार नयाँ राष्ट्रपति, संसद्का सदस्य र स्थानीय सरकारका प्रतिनिधि छान्न मतदान गरेका थिए ।

जेडइसीका अनुसार मनांगाग्वाको सत्तारुढ जानुपीएफ पार्टीले संसदीय सिटको बहुमत हासिल गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend