logo
  • आइतबार, असोज १८ २०८३

१२ वर्षे विद्युत कार्ययोजना बनाइँदै, सन् २०३५ सम्म खपत १३ हजार मेगावाट पुग्ने अनुमान


  • पब्लिक सूचना
  • शुक्रबार, भाद्र ८ २०८०

????????, ? ??? : ????? ??????? ??? ????? ??????? ????? ?????? ?????? ??????? ?? ??? ???? ??????? ??????? ???????? ??? ?????? ??? ??? ???? ???? ?????? ???? ??????? ??? ??? ????? ?????? ????????????????? : ?????? ???????/ ????

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत उत्पादन, खपत तथा वितरणका लागि दीर्घकालीन कार्य योजना बनाउने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले यसका लागि मस्यौदा तयार गरिन लागेको जानकारी गराए।

बिहीबार पत्रकारसँगको छलफलमा मन्त्री बस्नेतले ऊर्जा क्षेत्रको विकासका लागि सन् २०३५ सम्मको लक्ष्य कार्ययोजनाको तयारी भइरहेको जानकारी गराएका हुन्।

आगामी १२ वर्षमा नेपालको विद्युत खपत १३ हजार मेगावाट पुग्ने अनुमान गरिएको उनले बताए।

अहिलेको विद्युत प्रयोगका दृष्टिले यसका लागि औसत ७.२ प्रतिशतको आर्थिक वृद्धिदर हुनुपर्ने छ।

मन्त्री बस्नेतले बंगलादेशले पनि भुटान र नेपालबाट गरी ९ हजार मेगावाट विद्युत खरिद गर्ने योजना बनाएको हुँदा निर्यातको योजना पनि कार्ययोजनामा समेटिने बताए।

सुख्खा यामको समेत विद्युत माग आन्तरिक उत्पादनबाटै व्यवस्थापन हुने गरी उत्पादन, प्रसारण, वितरण तथा विद्युत व्यापारको क्षेत्रमा समेत सुधार गरिने प्रतिबद्धता पनि उनले गरेका छन्।

अहिलेको प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन उच्च क्षमताका प्रसारण लाइन सम्पन्न गर्ने कार्यलाई युद्धस्तरमा अघि बढाइएको उनको दाबी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend